संक्षिप्त परिचय

सुरुङ्गा नगरपालिका सप्तरी जिल्लाको सगरमाथा राजमार्ग तथा पूर्व पश्चिम राजमार्गसँग उत्तर दक्षिण तर्फ फैलिएर रहेको छ |यो नगरपालिका नेपाल सरकारले २०७३ सालमा साबिक पश्चिम पिपरा,हर्दिया,दौलतपुर,मधुपट्टी,कुशहा,हरिपुर,मलहनमा,टिकुलिया,पटेर्वा सबै वडा र मलहनिया गाउँ विकास समितिका ५ र ६ वडा मिलाएर बनेको हो |यस नगरपालिका हाल ११ वटा वडाहरुमा वर्गीकरण गरिएको छ |कुल १०७.०४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरको उत्तर तर्फ त्रियुगा नगरपालिका,पूर्वतर्फ खडक नगरपालिका,पश्चिम तर्फ लहान नगरपालिका र दक्षिण तर्फ बोदेबर्साइन नगरपालिका र बलान बिहुल गाउँपालिका रहेका छन् |यस न.पा. क्षेत्र भित्र अवस्थित ऐतिहासिक सुरुङ्गा पहाडको नाममा यो नगरपालिकाको नामाकरण भएको छ |यस नगरपालिका भित्र प्राकृतिक श्रोत साधन पर्याप्त रहेको छ |बहुभाषिक,बहुजातीय तथा भौगोलिक दृष्टिकोणले फरक यस नगरपालिकामा खासगरी थारु,तेली,यादव,मुसलमान,बनिया,कलवार,पासवान,चमार,मुशहर,मलाह,ब्राम्हण,क्षेत्री,मगर,राई,कोइरी,खत्वे आदि जातिको बसोबास रहेको पाइन्छा |

स्थापना : २०७३

जम्मा वडा : ११

जनसंख्या : ४४,२२१

क्षेत्रफल : १०७.०४५(वर्ग कि.मी.)

समावेश गाविसहरु : पिपरा पश्चिम(वा.न. १),हर्दिया(वा.न. २),दौलतपु(वा.न. ३),मधुपट्टी(वा.न. ४) ,कुशहा(वा.न. ५ र ६),हरिपुर(वा.न. ७),मलहनमा(वा.न. ८),टिकुलिया(वा.न. ९),पटेर्वाको धेरैजसो भाग (वा.न. १०) , मलहनिया र पटेर्वाको केहि भाग (वा.न. ११)

माध्यमिक विद्यालयहरु :शिशुवारी मा.वि.,कुशहा मा.वि.,दौलतपुर मा.वि.,टिकुलिया मा.वि. र खैजनपुर मा.वि.

पर्यटकीय स्थलहरु : बिसनरिया दह,सेती देवी मन्दिर,मुश्हरनिया दह,सुरुङ्गा बाबा मन्दिर आदि

नगरपालिकाको कार्यालय : साबिकको मधुपट्टी गा.वि.स. को कार्यालय (कनकपुर चौक देखि ५० मि. पूर्व ढलान भएको रोडमा)