सुरुङ्गा नगरपालिका सप्तरी जिल्लाको सगरमाथा राजमार्ग तथा पूर्व पश्चिम राजमार्गसँग उत्तर दक्षिण तर्फ फैलिएर रहेको छ |यो नगरपालिका नेपाल सरकारले २०७३ सालमा साबिक पश्चिम पिपरा,हर्दिया,दौलतपुर,मधुपट्टी,कुशहा,हरिपुर,मलहनमा,टिकुलिया,पटेर्वा सबै वडा र मलहनिया गाउँ विकास समितिका ५ र ६ वडा मिलाएर बनेको हो |यस नगरपालिका हाल ११ वटा वडाहरुमा वर्गीकरण गरिएको छ |कुल १०७.०४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरको उत्तर तर्फ त्रियुगा नगरपालिका,पूर्वतर्फ खडक नगरपालिका,पश्चिम तर्फ लहान नगरपालिका र दक्षिण तर्फ बोदेबर्साइन नगरपालिका र बलान बिहुल गाउँपालिका रहेका छन् |यस न.पा.
भारतीय दूतावासको सहयोग र त्रिपक्षीय सम्झौता अन्तर्गत बन्ने मा.वि. शिशुवारीको ३ तल्ले पक्की भवनको शिलान्यास गर्नुहुदै युवा तथा खेलकूद मंत्री माननीय श्री तेजु लाल चौधरी
भारतीय दुतावासले विद्यालय भवनको लागि आर्थिक सहयोग गरेको विषयमा त्रिपक्षीय सम्झौताको लागि उपस्थित पदाधीकारीहरु
सुरुङ्गा नगरपालिका द्वारा आयोजित नि:शुल्क आखा शिविरमा सहभागी जनप्रतिनिधि,कर्मचारी तथा सेवाग्राही